मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सातदोबाटो युथ क्लबले जित्यो मझिया स्मृति कपको उपाधि

ratopati.com · Sat Oct 31 12:00:57 UTC 2026

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजित प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)