गगनप्रति मोहन बस्नेतको आक्रोश- ठगेर खानलाई ‘मिसन प्रधानमन्त्री’ भन्दै हिँडेका छन् (भिडिओ)
nepalpress.com · Sat Oct 31 12:13:35 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाप्रति आक्रोश पोखेका छन् । इतर पक्षको काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीपंक्तिलाई तामझाम नगर्न भन्दै दिएको निर्देशनप्रति असन्तुष्टि जनाए ।
उनले भने, ‘अहिले कार्यक्रम तामझामका साथ नगर्नुस् रे! विशेष महाधिवेशनको नौटङ्की रचियो, त्यो जस्तो तामझाम कहिल्यै थिएन । अनि उहाँ विभिन्न जिल्लामा जाने बेलामा तामझाम गर्ने, म तामझामको विरोधी होइन, म त तामझामको पक्षधर हुँ। आफू बाहिर जाने बेलामा माला पहिल्यै अडर गर्ने, गाडी पहिले नै पठाउने, पैसा कहाँ–कहाँबाट आउँछ त्यो उहाँलाई सोधेर साध्यै छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)