मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

nagariknews.nagariknetwork.com · Sat Oct 31 12:08:44 UTC 2026

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो।

गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए। यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन्। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको प्रजिअ पाण्डेले बताए। उनका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब रु ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)