मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडीमालिकामा फसेका एक जनाको उद्धार, एक युवक अझै बेपत्ता

annapurnapost.com · Sat Oct 31 12:24:21 UTC 2026

बाजुरा : बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा फसेका एक जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातपछि त्रिवेणी पाटनस्थित धर्मशालामा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो। यस्तै, घटनामा अर्का एक जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा कञ्चनपुरको वेदकोट, दैजीका २० वर्षीय मनिष बोहरा छन्।

चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा भारी हिमपात भएपछि कार्की गत शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए। प्रतिकूल मौसमका कारण पैदल फर्कन नसक्ने अवस्थामा रहेका उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी बाजुराको सदरमुकाम मार्तडी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डिएसपी शैलेश्वरी बोहोराले जानकारी दिइन्। उद्धार गरिएका कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)