मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साँखुमा १०१ खेलाडीबिच खुला फिड र्‍यापिड रेटिङ चेस प्रतियोगिता सुरु

gorkhapatraonline.com · Sat Oct 31 12:22:11 UTC 2026

बुद्धिचाल खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ काठमाडौंको साँखुमा खुला फिडे र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३ सुरु भएको छ । ज्यापू महागुथि नेपाः सक्वको आयोजनामा शनिबारदेखि सुरु भएको ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको शंखरापुर नगरप्रमुख रमेश नापितले गर्नुभएको छ ।

प्रतियोगितामा १०१ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका मुख्य संयोजक रामकृष्ण सिं डंगोलले जानकारी दिनुभयो । दुई हजारभन्दा कम फिडे रेटिङ भएका खेलाडीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिता फिडे इभेन्ट कोड ५०६१३१ अन्तर्गत सञ्चालन भइरहेको छ । वि.सं.२००९ सालमा पहिलो बुद्धिचाल प्रतियोगिता सञ्चालन भएको ऐतिहासिक सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)