महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने
onlinekhabar.com · Sat Oct 31 12:17:44 UTC 2026

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)