स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन
barnanmedia.com · Sat Oct 31 11:55:06 UTC 2026

कास्कीमा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउन किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । स्थानीयस्तरमै गाईभैँसीको उत्पादन बढाउँदै बाहिरबाट पशु आयात घटाउने उद्देश्यले पाडी बाच्छी हुर्काउनका लागि सरकारले किसानलाई नगद अनुदान दिनेछ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीले यसका लागि आवेदन माग गरेको छ । यस वर्ष यो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका सबै वडामा सञ्चालन हुने कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई प्रतिगोटा अधिकतम रु १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)