मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दर्शकका लागि खुला गरियो त्रिवि मैदान, हिलो बाटो छिचोल्दै खेल हेर्न आउन थाले समर्थक

ratopati.com · Sat Oct 31 12:28:12 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स बिचको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समर्थकहरू आउन थालेका छन् । वर्षाका कारण मैदान भिजेपछि खेल सञ्चालनमा ढिलाइ भएको छ ।

पानी पर्न रोकिएसँगै मैदानको कभर हटाएर पानी सुकाउने तथा खेल सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । खेल हुने तयारी अघि बढेसँगै आयोजकले दर्शकका लागि पनि मैदान प्रवेश खुला गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)