मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

baahrakhari.com · Sat Oct 31 12:43:08 UTC 2026

मनाङ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन् ।

माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना जारी गरिएकाले पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । माथिल्लो भूभागमा बाक्लो हिउँ परेपछि यहाँको भ्रमणमा आएका पर्यटक मनाङमा नै रहेका प्रमुख भुजेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)