मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जथाभावी एन्टीबायोटिक प्रयोग रोक्दै सरकार

ratopati.com · Sat Oct 31 12:45:00 UTC 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना (२०८०/८१–२०८४/८५)’ अनुसार अब डाक्टरको सिफारिस (प्रेस्क्रिप्सन) बिना एन्टीबायोटिक औषधि किन्न नपाइने भएको छ।

मानव, पशुपन्छी र मत्स्य स्वास्थ्यका क्षेत्रमा जथाभावी एन्टीबायोटिक बिक्रीवितरण रोक्न सरकारले वर्तमान कानुनी व्यवस्था परिमार्जन गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)