मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

ratopati.com · Sat Oct 31 12:54:56 UTC 2026

कञ्चनपुर । धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ । ऐतिहासिक धामलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि साविकका ७५ वटा जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुन लागेको हो ।

नेपालको पूर्व र पश्चिमलाई धार्मिक पर्यटनले जोड्ने उद्देश्यका साथ २०७५ सालदेखि काम थालिएको मूर्ति निर्माण समितिका अध्यक्ष जनक जोशीले जानकारी दिए । “जगत्गुरु मोहनशरण देवाचार्यको अभियानमा मूर्ति निर्माण सुरु भएको हो”, उनले भने, “मूर्तिको ३९ फिट ढलान भइसकेको छ, बजेट अभावले केही समय निर्माण प्रभावित भएको थियो यसपटक प्रदेश सरकारबाट बजेट आएको छ ।” उहाँले मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)