रास्वपाका सांसद सुनारसँग जोडिएको विवादित अडियो प्रकरणको आन्तरिक छानबिन अन्तिम चरणमा
barnanmedia.com · Sat Oct 31 12:56:29 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणको आन्तरिक छानबिन अन्तिम चरणमा पुगेको छ। रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग लिखित प्रतिक्रिया लिइसकेको छ भने अडियोसँग सम्बन्धित प्रमाण संकलनको काम लगभग पूरा भएको जनाइएको छ। सुनारले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
आयोगका अनुसार अब संकलित प्रमाणको मूल्यांकन गरी कारबाही सिफारिस गर्ने वा नगर्ने विषयमा निर्णय हुनेछ। अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो। तर, प्रकरणमा जोडिएकी महिलाबाट औपचारिक उजुरी नआएको र अडियोको प्रामाणिकता नै निर्णायक विषय बनेकाले छानबिन जटिल बनेको आयोगसम्बद्ध स्रोतको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)