पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड, सोधपुछ र पक्राउका घटनाहरूमाथि गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको सचिवालय बैठकले समाचार कक्ष (न्युजरुम) मै प्रवेश गरेर सञ्चारकर्मीमाथि गरिएको धरपकडको भर्त्सना गर्दै यस विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)