मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

gorkhapatraonline.com · Sat Oct 31 13:45:58 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)