पहिलो पटक पुग्यो ‘जुगल २’ मा मानव पाइला
annapurnapost.com · Sat Oct 31 14:13:31 UTC 2026

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला पुगेको छ।
स्पेनका तीन सदस्यीय पर्वतारोहीको टोलीले यही कात्तिक ९ गते आरोहणका लागि अत्यन्तै कठिन मानिएको जुगल २ को सफल आरोहण गरेको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिए। स्पेनी आरोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल २ को सफल आरोहण गरेका हुन्। ‘स्पेनी आरोहीसहितको समूह सफलतापूर्वक हिमाल आरोहण गरी आधारशिविरतर्फ फर्किएका छन्,’ ‘तामाङले भने। आरोहण सम्पन्न भएको जानकारी आफूहरुलाई स्याटेलाइटमार्फत प्राप्त भएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)