१० दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला
annapurnapost.com · Sat Oct 31 14:11:06 UTC 2026

जनकपुरधाम : दशैंको टिकाका दिन घर नजिकैबाट हराएका ७ वर्षीय साकेत झाको शव आज धान खेतमा फेला परेको छ । धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका छोरा साकेतको शव घरभन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा फेला परेको प्रहरीले जनाएको छ ।
गत कार्तिक ४ गते दशैं टीकाको दिन साकेत घरबाट निस्केर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि निरन्तर घरपरिवार र सामाजिक सञ्जालबाट सूचना पाएका सबैले उनको खोजी गरिरहेका थिए, तर साकेत फेला परेका थिएनन्। प्रहरीले साकेतको खोजीमा पटक पटक बारीझारी र खेतहरूमा खोजतलास गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)