मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दीपेन्द्र टस गर्न नआएपछि सुदूरपश्चिम र विराटनगरबीचकाे म्याचमा ढिलाइ

nepalpress.com · Sat Oct 31 14:25:34 UTC 2026

काठमाडाैँ । सुदूरपश्चिम राेयल्स र विराटनगर किङ्सबीचकाे म्याचमा ढिलाइ भएकाे छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी टस गर्न नआएपछि निर्धारित समयमा खेल सुरू नभएकाे हाे ।

वर्षाका कारण ५-५ ओभरमा छुट्याइएकाे खेलमा ५:२५ मा टस हुने निर्धारित थियाे । विराटनगरका कप्तान सन्दिप लामिछाने टसका लागि मैदानमा गए पनि दीपेन्द्र आएनन् । उनी केही कुरामा असन्तुष्टि राख्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्काशीत कुरा गर्न गएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)