पाल्पामा १० वर्षमा विपद्बाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति
lokaantar.com

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो ।
गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए । यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको प्रजिअ पाण्डेले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)