मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिवि क्रिकेट मैदानमा खेल ढिलाइ भएपछि समर्थकको देउसीभैलो

canadanepal.com · Sat Oct 31 14:49:29 UTC 2026

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ। दिनभरको वर्षापछि खेल सुरु हुन नसक्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका दर्शकहरू निराश भएका छन्। खेलको टस हुन ढिलाइ भएपछि समर्थकहरूले मैदानमा मोबाइलको टर्च बालेर खेल सुरु गर्न दबाब दिएका छन्।

केही समर्थकहरूले तिहारको देउसीभैलोको भाकामा 'छिटो खेल गर देउसिरे, हामीलाई खेल हेर्न ढिला भयो देउसिरे' भन्दै खेल सुरु गर्न ढिलाइ भइरहेको अवस्थाप्रति व्यङ्ग्य गरेका छन्। समर्थकहरूको यस शैलीले मैदानको माहोल केहीबेर रमाइलो बनेको थियो। शनिबार दिनभरको झरीपछि खेललाई ५ ओभरमा छोट्याएर सञ्चालन गर्ने तयारी गरिएको थियो तर टस हुन अझै बाँकी छ। खेल सुरु गर्न ढिलाइ हुनुमा सुदूरपश्चिम रोयल्सले टस गर्न आनाकानी गरेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)