सुदूरपश्चिमका खेलाडीले मैदान छाडे, टस हुनुपर्ने दर्शकको माग
baahrakhari.com · Sat Oct 31 14:52:00 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सका खेलाडीले शनिबार (कात्तिक १४) बेलुका मैदान छाडेका छन् । विराटनगर किंग्सविरुद्धको खेलमा ढिलाइ भएपछि उनीहरू त्यहाँ नबसेका हुन् ।
सुदूरपश्चिमका खेलाडीले केही बेर मैदान छाडेका थिए । मैदानमा ओपनर विनोद भण्डारीबाहेक अरू खेलाडी देखिएका थिएनन् । त्यसअघि केही बेर टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हक, कप्तान दीपेन्द्रसिंह ऐरीलगायत खेलाडीले विराटनगर र क्यानका सचिव पारस खड्कासँग संवाद गरेको देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)