स्वेदश फिर्ता भए ऊर्जामन्त्री श्रेष्ठ
nepallive.com · Sat Oct 31 14:51:25 UTC 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किनुभएको छ । संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी)द्वारा बैंककमा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी भएर मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किनुभएको हो ।
सम्मेलनमार्फत मन्त्री श्रेष्ठले नेपालले हालै भोगेको शृङ्खलाबद्ध जलवायु विपद्, त्यसले पुर्याएको अपूरणीय क्षति र हिमाली क्षेत्रको उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग र नदी प्रणालीको नियमित अनुगमनका लागि भूउपग्रह, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको उपयोग बढाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । जोखिमको समयमै पूर्वानुमान गरी समुदायसम्म पुग्ने प्रभावकारी बहुप्रकोपी पूर्वसूचना प्रणाली विकासका लागि प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)