संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन सक्दैन : रवि लामिछाने
himalpress.com · Sat Oct 31 15:14:39 UTC 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले लोकतन्त्र र संविधानको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको बताएका हुन्।
सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘एउटा कुरा म के स्पष्ट पार्छु भने- ‘संविधानभन्दा माथि र डेमोक्रेसी (लोकतन्त्र) भन्दा ठुलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ। यसमा कहिले पनि कसैले दुविधा गर्नुपर्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)