विवादपछि सुदूरपश्चिम र विराटनगरबीच ५ ओभरको खेल हुने, राति ९ बजे टस
arthasansar.com · Sat Oct 31 15:12:16 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः हुने भएको छ। वर्षाका कारण प्रभावित खेल सञ्चालन गर्ने विषयमा दुई टोलीबीच मतभेद देखिए पनि छलफलपछि ५ ओभरको खेल खेलाउने सहमति भएको हो।
यसअघि अम्पायरले दुवै टोलीबीच ५–५ ओभरको खेल गराउने निर्णय गर्दै साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरेका थिए। तर, भिजेको आउटफिल्डमा खेल्न सुरक्षित नहुने भन्दै सुदूरपश्चिम रोयल्सले उक्त निर्णयप्रति असहमति जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)