जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
ratopati.com · Sat Oct 31 15:27:28 UTC 2026

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।
स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)