मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लामो रस्साकस्सीपछि विराटनगरविरूद्ध सुदूरपश्चिम खेल्न तयार, ५ ओभरको खेलमा विराटनगर ब्याटिङमा

setopati.com · Sat Oct 31 15:25:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच अन्ततः खेल हुने भएको छ। वर्षाका कारण शनिबार त्रिवि क्रिकेट मैदानको आउटफिल्ड खराब भएपछि अन्योलमा परेको खेल लामो रस्साकस्सीपछि ५–५ ओभरमा खेलाउने सहमति भएको हो।

यसअघि साँझ ७:४० बजे खेल सुरु गर्ने तालिका रहे पनि आउटफिल्डको अवस्थालाई लिएर सुदूरपश्चिमले खेल्न मानेको थिएन। मैदानको अवस्था खेलका लागि सुरक्षित नभएको भन्दै सुदूरपश्चिमले टसमा समेत सहभागिता जनाएको थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)