मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमविरुद्ध विराटनगरको विस्फोट ब्याटिङ, ५ ओभरमा १०६ रनको लक्ष्य

nepalviews.com · Sat Oct 31 16:13:38 UTC 2026

काठमाडौं । वर्षाले प्रभावित एनपीएल ३ अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा विराटनगरका ब्याटरले विस्फोटक ब्याटिङ गरेका छन् । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङको निर्णय लिएका थिए । पाँच ओभरमा विराटनगरले २ विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

विराटनगरका लागि ओपनिङ गरेको श्रीलंकाली मुलका अमेरिकी ब्याटर शेहान जर्यासूर्याले सुदूरपश्चिमका श्रीलंकाली स्पीनर थरन्डु रत्नायकेको ओभरमा ५ छक्कासहित ३५ रन बनाए । यस्तै दोस्रो ओभर गर्न आएका हेमन्त धामीलाई लोकेश बमले पनि चुटे । धामीले २५ रन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)