विराटनगर किंग्सले बनायो पाँच ओभरमै १०५ रन
ratopati.com · Sat Oct 31 16:16:25 UTC 2026
काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित बनेको खेल छोट्याएर ५ ओभरमा झारिएको थियो । जहाँ टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले २ विकेटको क्षतिमा १०५ रन बनाएको हो । उसका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रनको आक्रामक पारी खेलेर आउट भए भने लोकेश बमले १० बलमा २५ रन बनाए । बमले १० बलमा ३ छक्का र १ चौका हिर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)