मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खजुरा गाउँपालिकाद्धारा धानको पराल र ठुटा जलाउन प्रतिबन्ध

gorkhapatraonline.com · Sat Oct 31 16:40:47 UTC 2026

बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । धान पाकेपछि काटेर भित्र्याउने क्रम तीव्र भइरहेको बेला गाउँपालिकाले वातावरण, मानव स्वास्थ्य र माटोको उर्वराशक्तिमा प्रतिकूल असर पर्ने भन्दै खेतमा धानको पराल र ठुटा जलाउन प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले धान काटेपछि खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो नगर्न सबै किसानसँग अनुरोध गर्दै बाली अवशेषको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)