मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वर्षाले फूल खेतीमा क्षति, चाडपर्वको मुखमा किसान निराश (तस्बिरहरू)

ratopati.com · Sat Oct 31 16:46:44 UTC 2026

सिरहा । तिहार र छठ पर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले फूल खेतीमा क्षति पुर्‍याएपछि निराश भएका छन् । फूल टिपेर बजार लैजाने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहिनेतमा निरन्तरको वर्षाले क्षति पुगेको हो ।

गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएका छन् । यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएका थिए। खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेका उनले चाडपर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेका थिए। तर, वर्षाका कारण करिब २ हजार ५०० बोट फूल भुइँमा ढलेपछि लगानी र आम्दानी दुवै गुमेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)