मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाँच ओभरमै विराटनगरको १०५ रन, सुदूरपश्चिमसामु विशाल लक्ष्य

aarthiknews.com

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै पाँच ओभरमै १०५ रनको विशाल योगफल खडा गरेको छ। वर्षाका कारण प्रभावित खेल पाँच ओभरमा सीमित गरिएपछि विराटनगरका ब्याटरहरूले मैदानमा चौका र छक्काको वर्षा गरेका हुन्।

वर्षाका कारण लामो समय रोकिएको खेल राति ९ बजेर २० मिनेटमा सुरु भएको थियो। सुरुमा निर्धारित २० ओभरको खेललाई मौसमको प्रतिकूलताका कारण घटाएर पाँच ओभरमा सीमित गरिएको थियो। छोटो अवधिको खेललाई थप रोमाञ्चक बनाउन मैदानको बाउन्ड्रीसमेत केही सानो बनाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)