सुदूरपश्चिममाथि विराटनगरको किंग्स जित
nepalviews.com · Sat Oct 31 16:54:39 UTC 2026
काठमाडौं । वर्षाले प्रभावित एनपीएल ३ अन्तर्गतको आजको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । पाँच पाँच ओभरमा खेलाइएको खेलमा विराटनगरले किंग्स जित निकाल्दै तेस्रो खेलमा अंकतालिकामा खाता खोलेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले ३ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमको यो तेस्रो खेलमा दोस्रो हार हो । सुदूरपश्चिम उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । एक जित पोखरा एभेन्जर्समाथि पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)