मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्स, इटाली र जर्मनीमा युवा आक्रोश : महँगी र कमजोर सेवाले सडकमा उतार्‍यो

ratopati.com · Sat Oct 31 17:29:16 UTC 2026

काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र सरकारप्रतिको असन्तुष्टि साझा मुद्दा बनेका छन् । तर प्रदर्शनको नेतृत्व, मागको दायरा, आन्दोलनको स्वरूप र हिंसाको स्तरमा भने उल्लेखनीय भिन्नता देखिएको छ ।

फ्रान्समा सेप्टेम्बरको अन्त्यदेखि सुरु भएको आन्दोलन तेस्रो सातामा प्रवेश गरेको छ । इटालीमा शुक्रबार देशव्यापी आमहडतालसँगै हजारौँ विद्यार्थी र श्रमिक सडकमा उत्रिए । जर्मनीमा भने फ्रान्स र युरोपका अन्य देशका आन्दोलनबाट प्रेरित युवाहरूले शनिबार ३४ सहरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । जर्मनीमा आयोजकका अनुसार एक लाख ६० हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)