युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै
ratopati.com · Sat Oct 31 17:44:59 UTC 2026

काठमाडौँ। युवाहरूलाई ‘एआई’ सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा उक्त तालिम आयोजना गर्न लागिएको हो ।
आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिम चार वटा छुट्टाछुट्टै सत्रमा हुनेछ । तालिम बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गरिनेछ । प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा समावेश गराइनेछ । प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म युवाले यस तालिममा सहभागी हुने अवसर पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)