देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
gorkhapatraonline.com · Sat Oct 31 18:17:21 UTC 2026

देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपायासमेत प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट रु तीन लाख ७८ हजारबराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार इलाम, सोलुखुम्बु र अछाममा आगलागीका घटना भएका छन् । त्यस्तै ताप्लेजुङ, दाङ र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)