ओलेश्कीबाट सयौँ नागरिकको उद्धार, युद्धले छुटाएका परिवारको पुनर्मिलन
annapurnapost.com · Sat Oct 31 18:22:47 UTC 2026

काठमाडौं : रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ ।
उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर अँगालो हाल्न पुगेका थिए । उनीहरूका लागि वर्षौंदेखिको प्रतीक्षा र परिवारसँग पुनर्मिलनको क्षण निकै भावुक बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)