मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति अमेरिका, दक्षिण कोरिया र जापानको प्रतिबद्धता

annapurnapost.com · Sat Oct 31 19:13:43 UTC 2026

काठमाडौँ : अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका क्रममा छलफल भएको थियो । उक्त छलफलमा तीनै देशले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)