कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छ: मुख्यमन्त्री
ratopati.com · Sat Oct 31 19:40:37 UTC 2026

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन् ।
लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरमा शनिबारको निरीक्षण भ्रमणपछि त्यहाँका अधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षणमा आवश्यक भएको बताए । उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)