कस्तो रहला यो साताको तपाईंको भाग्य ?
ratopati.com · Sat Oct 31 21:15:00 UTC 2026

कार्तिक १५ गते आइतबारदेखि २१ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । मंगलबारबाट शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)