मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड

barnanmedia.com · Sat Oct 31 22:50:36 UTC 2026

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की मुख्य अभिनेत्री पुष्पा थिङ लामाले १९औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट अभिनयको अवार्ड जित्नुभएको छ । अस्ट्रेलियाको गोल्ड कोष्टमा शुक्रबार आयोजित समारोहमा उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।

अविनाशविक्रम शाह निर्देशित यो चलचित्र तीन विधामा मनोनयनमा परेको थियो । चलचित्र उत्कृष्ट फिल्म, शाह उत्कृष्ट निर्देशक र पुष्पा उत्कृष्ट अभिनय विधामा मनोनित हुनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)