यी हुन् रास्वपा सचिवालय बैठकका चार निर्णय
barnanmedia.com · Sat Oct 31 23:01:31 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा समाचार लेखेकै आधारमा पत्रकारमाथि भएको भनिएको प्रहरी हस्तक्षेपको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले न्यायालयभित्रका विकृति अन्त्य गर्न संसद्बाट निर्णायक कदम चाल्न पनि संसदीय दललाई निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले गरेका निर्णयहरूमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, न्यायालयको शुद्धीकरण, मधेस प्रदेशको संगठन सुदृढीकरण र चीनसँग राजनीतिक संवाद विस्तार गर्ने विषय समेटिएका छन्। बैठकका निर्णयहरू यसप्रकार छन् :
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)