मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन

barnanmedia.com · Sat Oct 31 23:49:37 UTC 2026

दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ ।

जसमा नक्सा बिक्रीबाट रु २२ लाख २९ हजार ४७५, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट रु २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शूल्कबापत रु ९३ हजार ७२५ असुली भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)