दुई पार्टीबिच कडा प्रतिस्पर्धा
gorkhapatraonline.com · Sun Nov 01 00:25:33 UTC 2026

आउँदो मङ्गलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको मध्यावधि निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनको ठिक दुई वर्षपछि हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा ‘मध्यावधि निर्वाचन’ का नामले चिनिन्छ ।
रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको यी दुवै सदनमा स्पष्ट बहुमत भएका कारण हाल राष्ट्रपतिले कार्यकारी अधिकारको प्रयोग गर्दै स्वतन्त्र रूपले कानुन निर्माण गरिरहनुभएको छ । यो मध्यावधि निर्वाचनबाट उहाँको त्यो अधिकारमाथि सङ्कुचन हुने छ वा थप मजबुत हुने छ भन्ने निक्र्योल हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा मात्र होइन, विश्वभर उत्सुकतासाथ हेरिएको छ । राष्ट्रपतिले दुई वर्षको कार्यकालमा के कस्तो कामकारबाही गरे, जनताको विश्वास जित्ने काम गरे वा गरेनन् भनेर समीक्षा गर्ने समय वा मापन गर्ने ‘ब्यारोमिटर’ भएकाले यसलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)