सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द
annapurnapost.com · Sun Nov 01 00:35:19 UTC 2026

काठमाडौं : सिँचाइ विभागका महानिर्देशक दिनेश राजौरिया र सुनकोशी मरनि डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी नियन्त्रणमा लिएर सुनकोशी मरनि डाइभर्सनको ठेक्का रद्द गरिएको छ।
बिहीबार बर्दिबासबाट प्रहरी नियन्त्रणमा लिइएका महानिर्देशक राजौरिया र आयोजना निर्देशक रिजालाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको थियो। मौखिक आदेशका आधारमा उनीहरूलाई बर्दिबासबाट नियन्त्रणमा लिई काठमाडौं ल्याएर प्रधानमन्त्री कार्यालयमा बुझाइएको थियो। दुवै जनालाई ठेक्का रद्द गर्ने सर्त गराएरमात्र छाडिएको थियो। सोही सर्तबमोजिम सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)