ला लिगा: अलाभेसमाथी बार्सिलोनाको फराकिलो जित
nepalviews.com · Sun Nov 01 00:43:09 UTC 2026
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको सानदार र फराकिलो जित निकालेको छ। यो जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाउन सफल भएको छ।
बार्सिलोनाको जितमा उत्कृष्ट प्रदर्शन गर्दै राफिन्हा र युवा स्टार लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज र एन्थोनी गोर्डनले थप एक–एक गोल गरेर जितलाई सहज बनाएका थिए। पराजित अलाभेसका लागि मारियानो डियाजले एक मात्र सान्त्वना गोल फर्काए। खेलको सुरुवातदेखि नै दबाब बनाएको बार्सिलोनाका लागि आठौँ मिनेटमै राफिन्हाले गोल गर्दै खाता खोले। २३ औँ मिनेटमा फर्मीन लोपेजले गोल थपे भने ४१ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा लामीन यामालले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायक अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)