प्रभावकारी प्रतिनिधित्वका लागि छलफल
gorkhapatraonline.com · Sun Nov 01 00:59:45 UTC 2026

नेपालमा जलवायु परिवर्तनले पारिरहेको असरबारे सबै राजनीतिक दललाई एकबद्ध गराउन सरकारले पहल थालेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आसन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न अग्रसरता लिनुभएको छ । सबै दलका प्रतिनिधिको जलवायु परिवर्तनको मुद्दामा एउटै आवाज रहोस् भन्ने प्रधानमन्त्री शाहको अभिप्रायसाथ उक्त तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साझा धारणा निर्माण गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्वका लागि प्रतिनिधि सभामा रहेका सत्तारूढबाहेकका राजनीतिक दलका प्रतिनिधिसँग पहिलो चरणको छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहसहित छलफल भएको हो । यही नोभेम्बर ९–२० सम्म टर्किएमा हुने सम्मेलनमा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)