मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

corporatenepal.com · Sun Nov 01 00:52:04 UTC 2026

राँझा (बाँके) । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए ।

उनका अनुसार यो राजस्व सङ्कलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि रु एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा रु दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा रु दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ८९ करोड चारस लाख सात हजार सङ्कलन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)