मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

nagariknews.nagariknetwork.com · Sun Nov 01 01:04:39 UTC 2026

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ।

स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधार शिविर फर्किएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)