देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
nagariknews.nagariknetwork.com · Sun Nov 01 01:16:26 UTC 2026

देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपायासमेत प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट रु तीन लाख ७८ हजारबराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार इलाम, सोलुखुम्बु र अछाममा आगलागीका घटना भएका छन्। त्यस्तै ताप्लेजुङ, दाङ र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)