मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयात प्रतिबन्धले फूल उत्पादक उत्साहित

gorkhapatraonline.com · Sun Nov 01 01:19:54 UTC 2026

सरकारले भारतलगायतका छिमेकी मुलुकबाट मखमली र सयपत्री फूलको आयात र प्लास्टिकका फूल बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी फूल उत्पादक किसान उत्साहित भएका छन् । यो सँगै नवलपुरमा सयपत्री फूल खेती गर्ने किसानको सङख्या पनि बढेको छ । तिहारमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका हुन् । अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माग अत्यधिक बढे पनि किसानले मागअनुसार उपलब्ध गराउन सकेका थिएनन् ।

फूलको बिक्री बढेसँगै किसान पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका विष्णु कृषि तथा पशुपन्छी फार्म, कावासोतीका सञ्चालक बाबुराम केसीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या तीन गुणाले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)