मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

kendrabindu.com · Sun Nov 01 01:11:39 UTC 2026

काठमाडौं । डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)